खेलकुद क्षेत्रका लागि सरकारको नीति तथा कार्यक्रममा के-के छ ?

NAWALPUR TIMES

खेलकुद क्षेत्रका लागि सरकारको नीति तथा कार्यक्रममा के-के छ ?
1be511ef562df68ca0fb1f7194da97275aecbf5a82d5ce2df79553f8fa6ce6c0.0

काठमाडौँ – आगामी वर्षको नीति तथा कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी रहेको कामका लागि समन्वय र सहजीकरण गर्ने विषयलाई समेटिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौतम बुद्ध मैदानको काम टुंग्याउने विषयलाई उल्लेख गरिन् ।

यसै गरी फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य सुरु गरिने तथा खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन प्रकृया अघि बढाइने विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण तथा प्रतियोगिता आयोजना गरि खेलाडीको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने, खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागिता जनाउन अवसर प्रदान गर्ने तथा मापदण्ड बनाइ खेलाडीलाई पुरस्कार, भत्ता, बीमा तथा आकस्मिक सहयोगको व्यवस्था गरिने विषयलाई पनि समेटिएको छ ।

त्यसैगरी, प्रत्येक विद्यालयमा खेलकुद क्लब स्थापना गर्ने, पर्वतीय खेलकुदको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने तथा प्रत्येक प्रदेशमा कम्तिमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणको नीति लिइने उल्लेख गरिएको छ ।

त्यसैगरी, गैडाकोटमा विपी कोइराला अन्तर्राष्ट्रिय खेलग्राम स्थापना गरिने विषयलाई पनि समेटिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology