खरकट्टा जंगलमा सवारी दुर्घटना हुँदा २० वर्षीय युवकको ज्यान गयो

NAWALPUR TIMES

खरकट्टा जंगलमा सवारी दुर्घटना हुँदा २० वर्षीय युवकको ज्यान गयो
FB IMG 1710147297502

कावासोती । कावासोतीको खरकट्टाको जंगलमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्गको नारायणघाट कावासोती खण्डमा पर्ने खरकट्टा जंगलमा रजहरबाट कावासोती तर्फ आउदै गरेको वाग्मती प्रदेश ०३-००१क ०९५५ नं.को ट्रक र विपरित दिशाबाट जादै गरेको लु५० प ४७०८ नं.को मोटरसाईकल एकआपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा घाईते भएका धादिङ जिल्ला गंगाजमुना गाउँपालिका वडा नं ५ स्थायी घर भएका कावासोती-३ अठठाईस बिघा मामाको घरमा बस्दै आएका २० वर्षीय विश्वमित्र गुरुङको मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology