क्लब बिश्वकपको उपाधि रियल रियल म्याड्रिडको पोल्टामा

NAWALPUR TIMES

क्लब बिश्वकपको उपाधि रियल रियल म्याड्रिडको पोल्टामा
Real Madrid

कावासोती । रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ। साउदी अरेबियाको अल हिलालमाथि ५–३ को जित निकाल्दै स्पेनिस क्लब रियल म्याड्रिड पाँचौंपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा भएको खेलमा हिलाललाइ हराउँदै पाँचौ पटक बिश्वकप च्याम्पियनको उपाधी उचाल्न सफल भएको हो। जसमा रियलको भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २-२ तथा कप्तान करिम बेन्जेमाले एक गोल योगदान गरेका थिए।

उता, अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल मात्रै गरे पछि उपबिजेतामा सिमित भयो। खेलको १३ औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाए भने त्यसको ५ मिनेट अर्थात १८ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रतालाई दुई गोलले दोब्बर पारे।

२६औं मिनेटमा साउदी क्लबका लागि मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २-१ को स्थितिमा पुग्यो तर ५४ औं मिनेटमा पुग्दा रियलका कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई खेलमा ३–१ ले अग्रता दिलाए। ५८ औं मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई ४-१ को स्थितिमा पुर्‍याए।

६३ औं मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए तर ६९औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरे खेललाई ५-२ को अवस्था राखिदिए।

अल हिलाबको तर्फवाट ७९ औं मिनेटमा लुसियानो डारियो भिट्टोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। अन्ततः खेल ५-३ मा टुंगियो।

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन्। उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टिम बन्ने अवसर पाउँदा पाउँदै पनि चुकेको छ। पाँच पटक फाइनल पुगेको रियल पाँचैपटक च्याम्पियन बनेको हो। यसअघि सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology