जनकपुरधाम । जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा महिला–पुरुषलाई हिन्दूवादी युवाहरूले मोसो दलेका छन् ।
नाम नखुलेको एक महिला र एक पुरुषलाई हिन्दू सम्राट् सेनाका अमित राउत नेतृत्वको युवाहरूले मोसो दलेका हुन् । हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार गर्ने गरेकाले उनीहरु दुवै जनालाई मोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् ।
अहिले उनीहरु दुवौलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । एक महिला र पुरुषलाई अहिले भर्खर ल्याएको र थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।
प्रकाशित : २०८० भदौ १९ गते १४:२७
Facebook Comment