क्यान्सरसँग जुधिरहेका ‘व्ल्याक प्यान्थर’ अभिनेता बोसम्यानको निधन

NAWALPUR TIMES

क्यान्सरसँग जुधिरहेका ‘व्ल्याक प्यान्थर’ अभिनेता बोसम्यानको निधन
Chadwick Boseman

लस एन्जेलस । अमेरिकी अश्वेत चर्चित अभिनेता चाडविक बोसम्यानको युवाअवस्थामै निधन भएको छ ।

क्यान्सरसँग लामो समयदेखि जुधिरहेका बोसम्यानको शुक्रबार ४३ बर्षको उमेरमा लस एन्जेलसस्थित आफ्नै निवासमा निधन भएको हो ।

ब्ल्याक प्यान्थर नामक चलचित्रबाट विश्व विख्यात भएका बोसम्यानले अरु धेरै चर्चित चलचित्रमा अभिनय गरेका छन्।

उनको परिवारजनले दिएको जानकारीअनुसार बोसम्यानलाई विगत चार बर्षदेखि आन्द्रामा क्यान्सर भएको पुष्टि गरिएको थियो ।

दक्षिण क्यारोलिनामा जन्मिएका बोसम्यानको निधनको खवर थाहा पाएपछि उनका समर्थकहरुले विश्वभरीबाट उनप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।-एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology