क्यानडासंग खेल्नु अघि के भन्छन् प्रशिक्षक पुबुदु

NAWALPUR TIMES

क्यानडासंग खेल्नु अघि के भन्छन् प्रशिक्षक पुबुदु
e513a14d6cc9aae2258fd38fcd56e82213026f4656fdb8add6c4fd4232b3698b.0

नवलपुर । नेपालले ओमानमा जारि टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अघि क्यानडासंग आज समुह चरणको अन्तिम खेल खेल्दैछ। खेल जितेको खण्डमा नेपाल समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ र सेमीफाइनलमा समुह ‘बि’ को उपविजेतासंग खेल्नेछ। खेल अघि प्रशिक्षक पुबुदु दासानायेकेले प्रतिक्रिया दिने क्रममा नेपालले आफ्नो उत्कृस्ट क्रिकेट खेल्ने बताए –

“हामीले क्यानडा बिरुद्ध आफ्नो उत्कृस्ट क्रिकेट खेल्नेछौँ। खेलाडीहरुमा दवाव छैन र हामिलाई आफूले गर्ने कुरामा आत्मविश्वास छ।” पुबुदुले आइतबार ग्यालेक्सी टिभीसंग कुराकानीमा बताए।

नेपालले योजना अनुरुप खेले नेपाल अघिल्लो चरण पुग्ने उनले विश्वास व्यक्त गरे – “यो अर्को महत्वपूर्ण खेल हो, सबैजनाले आफ्नो योजनालाई लागु गर्ने पर्नेछ जसले हामीलाई त्यहाँ पुर्याउनेछ।”

“हामि जसरि अघि बढीरहेका छौँ त्यसमा आत्मविश्वास छ। हामी यहाँबाट सबै खेल जित्न चाहन्छौ। हामि सबै टिमसंग आफ्नो उत्कृस्ट खेल खेल्न चाहन्छौ चाहे क्यानडा होस् या सेमीफाइनल।”

उनले कमल सिंह ऐरीले निकै राम्रो बलिंग गरिरहेको र लगातार खेलीरहेकोले उनलाई फिलिपिन्ससंग आराम दिईएको बताए –

“कमल त्यो खेलाडी हुन् जसले हाम्रो लागि उत्कृस्ट काम गरिरहेका छन्। उनि लगातार खेलीरहेकोले क्यानडासंग खेल्नु अघि आराम दिएका हौँ। कुशल मल्ललाई खेलाउनुको पछाडी हामि देब्रे हाते बिकल्प पनि टिममा राख्न चाहन्छौं।” क्यानडासंग कमल अन्तिम एघारमा फर्कनेछन्।

अंकतालिका र सेमीफाइनल समीकरण

दुई जितपछि नेपालको नेट रन रेट ( +४.३७५ ) राम्रो छ। यदी नेपालले अन्तिम खेलमा क्यानडालाई पराजित गरे समुह ‘बि’ विजेताको रुपमा सेमीफाइनल पुग्नेछ। नेपाल पराजित भएको खण्डमा तथा ओमानले फिलिपिन्सलाई पराजित गरेको खण्डमा भने नेपाल, ओमान र क्यानडाको समान ४ अंक हुने हुँदा नेट रन रेटमा अघि हुने दुई टिम सेमीफाइनल पुग्नेछ। यदी त्यसो भए नेट रन रेटमा नेपाललाई पछि पार्नको लागि ओमानले फिलिपिन्सलाई विशाल अन्तरले ( जुन सम्भव छ ) तथा क्यानडाले नेपाललाई नेट रन रेटमा पछि पार्न राम्रो अन्तरले पराजित गर्नुपर्नेछ। नेपालले थोरै अन्तरको हार बेहोरेको खण्डमा पनि नेट रन रेटमा क्यानडा भन्दा अघिनै हुनसक्छ। हाल क्यानडाको नेट रन रेट ( २.५१२ ) , ओमानको -०.५६३ र नेपालको ४.३७५ छ।

नेपालले पहिले ब्याटिंग गर्दै १५० रन बनायो र क्यानडाले लक्ष्य १६ ओभरमा पुरा गर्यो भने क्यानडाले नेट रन रेटमा नेपाललाई जित्नेछ। क्यानडाले पहिले ब्याटिंग गर्दै १५० रन बनायो र नेपालले लक्ष्य पछ्याउने क्रममा ११० रन मात्र बनाउन सक्यो भने क्यानडाले नेपाललाई नेट रन रेटमा जित्नेछ। क्यानडासंग नेपाल पराजित भएको खण्डमा पनि नेट रन रेटमा क्यानडा भन्दा अघि हुन सक्छ र यदी नेट रन रेटमा क्यानडा अघि भएको खण्डमा पनि ओमानले विशाल जित दर्ता नगरे ओमान भन्दा नेट रन रेटमा अघि रहेता पनि नेपाल सेमीफाइनल पुग्नेछ। यदी नेपालले क्यानडालाई पराजित गरेको खण्डमा ओमान सेमीफाइनल पुग्न फिलिपिन्स बिरुद्धको जित पर्याप्त छ।

सोमबार नेपाल र क्यानडा तथा ओमान र फिलिपिन्स बीचको खेल एकै समय ( ३ :४५ बजे दिउँसो ) सुरु हुनेछ।सेमीफाइनलमा समुह ‘ए’ को विजेताले समुह ‘बि’ को विजेतासंग तथा समुह ‘बि’ को विजेताले समुह ‘ए’ को उपविजेताको सामना गर्नेछ। सोमबारनै समुह ‘ए’ अन्तर्गत युएई र बहराईन तथा जर्मनी र आयरल्याण्ड बीच खेल हुँदैछ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology