क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाल टिममा समेटिए

NAWALPUR TIMES

क्यानडाविरुद्ध राम्रो प्रदर्शन गरेका अनिल शाह र देव खनाल टिममा समेटिए
anil kumar sah dev khanal ztx1eL6kuh

कावासोती । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन् ।

यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र देव दुवै क्यानडाविरुद्धको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । लगत्तै उनीहरू लिग–२को लागि टिममा परेका हुन् । यससँगै अर्जुन साउद र रिजन ढकाल भने टिमबाट बाहिरिएका छन् ।

लिग–२ अन्तर्गतको पहिलो सिरिज टियु क्रीकेट मैदानमा बिहिवारदेखि सुरु हुनेछ । नेपाल, नेदरल्यान्ड र नामिबियाबिच यस सिरिजमा प्रतिस्पर्धा हुनेछ । नेपालले बिहीबार नामिबिया र शनिबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology