कोरोना संक्रमित थप ३७ को मृत्यु, सात हजार तीन सय ८८ संक्रमित थपिए

NAWALPUR TIMES

कोरोना संक्रमित थप ३७ को मृत्यु, सात हजार तीन सय ८८ संक्रमित थपिए
death in hospital corridor

पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या तीन हजार तीन सय ६२ पुगेको छ ।

पछिल्लो २४ घन्टामा सात हजार तीन सय ८८ कोरोना संक्रमित थपिएका छन् । योसँगै हालसम्म संक्रमितको संख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ ।

सोमबार दुई हजार २१ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८६ हजार १५ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिन आग्रह गरेको छ । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले आग्रह गर्दै आएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology