कोरोना संक्रमित उपभोक्तालाई आर्थिक सहयोग गर्दै घुमाउरी सामुदायिक वन

NAWALPUR TIMES

कोरोना संक्रमित उपभोक्तालाई आर्थिक सहयोग गर्दै घुमाउरी सामुदायिक वन
received 2818259815105230

कावासोती । देवचुली-९ मा रहेको घुमाउरी सामुदायिक वन उपभोक्ता समूहले सेवा क्षेत्र भित्रका उपभोक्ता या उपभोक्ताका परिवारलाई कोरोना संक्रमण भएमा आर्थिक सहयोग गर्ने भएको छ ।

वन समुहको जेठ ३ गते बसेको कार्यसमितिको बैठकले उपभोक्ता या उपभोक्ताका परिवारका कोहि सदस्यमा कोरोना संक्रमण देखिएमा पोषण खर्च स्वरुप जनही २ हजार दिईने निर्णय गरिएको घुमाउरी सामुदायिक वन समूहका अध्यक्ष दिपक भट्टराईले जानकारी दिए ।

सामुदायिक वनको सामाजिक दायित्व अन्तर्गत वनको आर्थिक अवस्था अनुसार दुई हजारका दरले आर्थिक सहयोग गर्ने बताउदै अध्यक्ष भट्टराईले यो रकम ठूलो नभए पनि सामाजिक दायित्व अन्तर्गतको जिम्मेवारी आफुहरुले सुरु गरेको जानकारी दिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology