कोरोना संक्रमणले कावासोतीमा थप एक जनाको मृत्यु

NAWALPUR TIMES

कोरोना संक्रमणले कावासोतीमा थप एक जनाको मृत्यु
death in hospital corridor

कावासोती । कोरोना संक्रमणको कारणले कावासोतीमा थप एक जनाको मृत्यु भएको छ ।
कावासोती नगरपालिका वडा नं ५ का ६१ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा  भएको हो । निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान २ः३० बजे मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ।

यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको १४ संख्या पुगेको छ भने कोरोना संक्रमितले ज्यान गुमाउनेको कुल संख्या ४६ पुगेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology