कोरोना संक्रमणबाट विदेशमा १९१ नेपालीको निधन

कोरोना संक्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको छ।

NAWALPUR TIMES

कोरोना संक्रमणबाट विदेशमा १९१ नेपालीको निधन
Rain Fall 2048x1365 1593052126

कोरोना संक्रमणबाट हालसम्म  विदेशमा १९१ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा २६५ नेपालीको कोरोनाकै कारणले निधन भइसकेकाे छ। 

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना संक्रमणको दरमा कमी आएको छ। यस साता अष्ट्रेलियामा रहेका १४६ नेपालीमा संक्रमण थपिएको समितिले जनाएको छ। 

समितिका अनुसार विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ। कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, दक्षिण अफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन भएकाे छ। हालसम्म नेपालसहित विदेशमा रहेका ५५ हजार ९२५ जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ४७ हजार ४३७ संक्रमण मुक्त भएकाे जनाइएको छ। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology