कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

NAWALPUR TIMES

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
1604389465463

काठमाडौं। नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको सूचना अनुसार पछिल्लो २४ घण्टामा मात्रै २० जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।

 

अहिलेसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक हजार चार जना पुगेको छ।

 

नेपालमा पहिलो पटक गत जेठ १ गते सिन्धुपाल्चोककी सुत्केरी महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो। धुलिखेल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो।

 

त्यसयताको साढे पाँच महीनामा कोरोना संक्रमण हुनेको संख्या एक हजार नाघेको हो। कोरोनाबाट मृत्यु हुने अधिकांश नेपाली भने वृद्धवृद्धा र दीर्घ रोगी छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology