कोरोना दोस्रो लहरको त्रास : ब्युँताउन थालियो कोभिड अस्पताल

NAWALPUR TIMES

कोरोना दोस्रो लहरको त्रास : ब्युँताउन थालियो कोभिड अस्पताल
file 20200512 82366 cmat2r

काठमाडौँ, १२ चैत । कोरोनाभाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ । स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टिनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।

प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड–१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो । तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ,’ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चापागाईंले भने, ‘बिरामी आउनसाथ राख्न समस्या हुन दिनेछैनौँ ।’

करारका चिकित्सक, नर्स र पारामेडिकलाई फागुन २८ गते हटाइएको थियो । अस्पतालका निमित्त संयोजक एपोलो कुमार भगतले मन्त्रालयका सचिवसहित टोली आएर जनशक्तिका विषयमा छलफल गरेको बताए । याे खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology