काठमाडौं : पछिल्लो २४ घण्टामा ६ हजार चार सय ४ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना जित्नेको संख्या चार लाख ४ हजार ८८७ पुगेको छ।
त्यसैगरी २४ घण्टामा कोरोनाले १६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ६ हजार ७ सय पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या पाँच लाख २८ हजार ८४८ पुगेको छ। अहिले सक्रिय संक्रमितको मात्र संख्या एक लाख १७ हजार २६१ पुगेको मन्त्रालयले जनाएको छ।
Facebook Comment