कोरोना अपडेटः ९ हजार ८४१ जनाले जिते कोरोना, ६ हजार ९५२ जनामा संक्रमण

NAWALPUR TIMES

कोरोना अपडेटः ९ हजार ८४१ जनाले जिते कोरोना, ६ हजार ९५२ जनामा संक्रमण
1622198786187

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जनाले कोरोना जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ९५२ जना नयाँ संक्रमित भेटिएका छन् भने ९ हजार ८४१ जना संक्रमणमुक्त भएका छन् । २० हजार ११० पीसीआर परीक्षणमा ६ हजार ८५५ र ७०७ एन्टिजेन परीक्षणमा ९६ जना गरी पछिल्लो २४ घण्टामा ६ हजार ९५२ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।

पछिल्लो २४ घण्टामा ९६ जनाको मृतयु भएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology