कोरोना संक्रमणसँग लड्न र संक्रमणबाट जोगिन इम्युनिटी पावर बढाउन चिकित्सकहरुले सल्लाह दिइरहेका छन् ।
हाम्रो वरिपरि कैयौं प्याथोजिनहरू हुन्छन् । हामीले थाहा नपाइकनै खाना र पानीका साथ, अझ सास लिँदा पनि, हानिकारक तत्त्वहरू शरीरले सोसिरहेको हुन्छ ।
यस्तो हुँदा पनि सबैजना बिरामी पर्छन् भन्ने होइन । इम्युन सिस्टम बलियो हुँदा शरीरले बाहिरी संक्रमणसँग राम्ररी लड्छ ।
हाम्रो रोगप्रतिरोधक क्षमता रक्तपरीक्षणबाट पत्ता लाग्छ तर शरीरले पनि अनेकौं संकेत दिन्छ ।
तपाईं अरूहरूभन्दा बढी घरिघरि बिरामी हुनुहुन्छ, रुघाखोकी लागिरहन्छ, गला खराब रहन्छ वा छालाको –यासेज छ भने तपाईंको इम्युन सिस्टम कमजोर भएको लक्षण हो ।
बारम्बार डायरिया, गिजा सुन्निने, मुखमा घाउ पनि खराब इम्युनिटीको लक्षण हो ।
केही मानिस मौसम परिवर्तन हुनेबित्तिकै बिरामी हुन्छन् । शरीरको तापक्रम कम हुँदा यसो हुन्छ ।
बलियो इम्युन सिस्टमका लागि नर्मल ओरल बडी टेम्परेचर ३६.३ डिग्री सेल्सियसभन्दा कम हुनुहुँदैन ।
जाडोमा भाइरस ३३ डिग्रीमा बाँच्छन् । दिनदिनै व्यायाम गर्दा शरीरको तापमान र इम्युनिटी बढाउन सक्नुहुन्छ ।
तातो उत्पन्न गर्ने मसला लसुन, अदुवा, दालचिनीको सेवन पनि लाभदायक हुन्छ ।
शरीरलाई कहिलेकाहीँ ज्वरो आएको राम्रो हो । ज्वरो आएन भने प्रतिरोधक क्षमता कमजोर भएको बुझ्नुपर्छ । ज्वरोमार्फत शरीर रोगहरूसँग लड्छ ।
हामीहरूमध्ये धेरै ज्वरो आउनेबित्तिकै औषधि खाइहाल्छौं जसले गर्दा ज्वरोले सकारात्मक तरिकाले काम गर्न सक्दैन ।
तपाईंलाई संक्रमणपछि पनि ज्वरो आएन भने कमजोर इम्युनिटीको लक्षण हो ।
भिटामिन डीले इम्युनिटी बढाउँछ र धेरै मानिसमा यसको कमी हुन्छ । तपाईंको ब्लड रिपोर्टमा भिटामिनको कमी छ भने त्यसको स्तरलाई सही गर्ने कोशिश गर्नुपर्छ ।
त्यसबाहेक लगातार थकान, आलस्य, लामो समयसम्म घाउ नपुरिनु, निद्रा नआउनु, डिप्रेसन र आँखामुनि कालो घेरा पनि कमजोर प्रतिरोधक क्षमताको लक्षण हो ।
Facebook Comment