काठमाडौं– पछिल्लो २४ घण्टामा थप ३ हजार २ सय १५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा एक लाख २ हजार ८ सय २० जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ २ प्रतिशत रहेको छ।
मन्त्रालयका अनुसार १५ हजार २ सय ५५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १३ लाख ५० हजार १ सय ५२ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३ हजार ७ सय ५१ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४४ हजार ८ सय ७७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित : २०७७ कार्तिक ६ गते १७:११
Facebook Comment