कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन

NAWALPUR TIMES

कोरोनाबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रेष्ठको निधन
Death from corona

कोरोना संक्रमणबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश वासुदेबलाल श्रेष्ठको निधन भएको छ ।

न्यायाधीश श्रेष्ठको उपचारका क्रममा बुधबार राति निधन भएको हो । ५२ वर्षीय न्यायाधीश श्रेष्ठमा गत वैशाख ११ गते कोरोना संक्रमण पुष्टि भएपछि केहीदिन होम आइशोलेनमा हुँदै अस्पताल भर्ना गरिएको थियो ।

श्रेष्ठलाई अक्सिजनको सहायतामा टेकु अस्पतालमा उपचार गरिँदै आएकोमा निधन हुन पुगेको अस्पताल स्रोतले जनाएको छ ।

उहाँ बारा जिल्ला अदालतबाट गत बर्षमात्रै काज सरूवा भै काठमाडौँ जिल्ला अदालत जानुभएको थियो। एक ईमान्दार, न्यायप्रेमी, सरल व्यक्तित्व रहनुभएका श्रेष्ठको अल्पायुमै भएको निधनले सिङ्गो न्यायसेवामा क्षति पुगेको उहाँका निकटतम न्यायप्रेमी साथीहरूले बताएका छन्।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology