कोरोनाबाट एकैदिन नौ हजार बढीको मृत्यु, ३६ लाख बढी संक्रमित

NAWALPUR TIMES

काठमाडौं । विश्वभर लगातार दोस्रो दिन नौ हजार भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बिहीबार ९ हजार ७०६ तथा शुक्रबार ९ हजार ३६ जनाको मृत्यु भएको हो ।

त्यस्तै बिहीबार ३७ लाख ३५ हजार ९९ जना संक्रमित थपिएकामा शुक्रबार ३६ लाख ३२ हजार ६६१ जना संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा ७ लाख ७९ हजार, फ्रानसमा ४ लाख ८५१ तथा भारतमा ३ लाख ३५ हजार ४५८ संक्रमित थपिएका छन् ।

त्यस्तै ब्रजिलमा १ लाख ६८ हजार ८२०, इटालीमा १ लाख ७९ हजार १०६, स्पेनमा १ लाख ४१ हजार ९५, जर्मनीमा १ लाख ३८ हजार ६३४, बेलायतमा ९५ हजार ७८७, अर्जेन्टिनामा १ लाख १८ हजार संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी अमेरिकामा २ हजार ७७७ जनाको ज्यान गएको छ । रुसमा ६९२, भारतमा ४८९, ब्रजिलमा ३९६, फ्रान्समा २३३, बेलायतमा २८८, टर्कीमा १८१, इटालीमा ३७५ र स्पेनमा १४२ जनाको ज्यान गएको छ ।

त्यस्तै जर्मनीमा १७५, अर्जेन्टिनामा १६०, कोलम्बियामा १९७, मेक्सिकोमा २७८, पोल्याण्डमा २४८, युक्रेनमा १५०, फिलिपिन्समा १५६, दक्षिण अफ्रिकामा १०३, क्यानडामा १४९, पेरुमा १२६, भियतनाममा १७७, अष्ट्रेलियामा ९३, ग्रीसमा ११०, बुल्गेरियामा ८६ जनाको ज्यान गएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology