कोभिड-१९का कारणले निकुञ्जमा बन्द भएको पर्यटकीय गतिविधी खुल्ला

NAWALPUR TIMES

कोभिड-१९का कारणले निकुञ्जमा बन्द भएको पर्यटकीय गतिविधी खुल्ला
167978416 3932835280115425 1013814812889680311 n

डि आर क्षेत्री/देवचुली
कोभिड–१९ को दोस्रो लहरसँगैे चितवन राष्ट्रिय निकुञ्जमा बन्द भएको पर्यटकीय गतिविधि खुला गरिएको छ । हरेक वर्ष वर्षायाममा बाटो तथा अन्य कारणले बन्द रहने निकुञ्ज भित्रको पर्यटकीय गतिविधि यस वर्ष भने कोभिड १९ का कारण वैशाख देखि नै बन्द भएको थियो । निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जीप सफारी सुरु गरिएको उहाँले बताउनुभयो ।

दशैं तिहार जस्ता चाडपर्वको अवसर पारेर पर्यटकीय गतिविधी खुल्ला गरिए सँगै निकुञ्जमा आश्रीत भएर पर्यटन व्यवसाय गर्ने व्यवसायीहरुले राहतको महसुस गरेका छन । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा पैदलयात्रा , जीप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ ।

निकुञ्ज बाहिर रहेका नवलपुरमा शिसवार करिडोर , नमुना सामुदायिक वन तथा अमलटारि क्षेत्र त्यस्तै चितवनमा कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वनभित्र पर्यटकिय गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको सङख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको वतादै शिसवार मध्यवर्ती उपभोक्ता समिति अन्तरगत रहेको पर्यटन विकास समितिका अध्यक्ष विन वहादुर जि एमले एक पटक यश क्षेत्रको पर्यटकिय गतिविधिको अवलोकनका लागि समेत आग्रह गर्नुभएको छ ।

यहाँ आउने पर्यटक मुख्यरूपमा जंगल सफारि , हात्ती सफारि जस्ता पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघलगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक यहाँ आउने गर्दछन् ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology