के हो सेक्सटोयज?

NAWALPUR TIMES

के हो सेक्सटोयज?
1612280518721

यौनका लागि प्रयोग गरीने कृत्रिम यौन सामाग्रीलाई सेक्सटोयज भनिन्छ। यस्ता सामाग्री पुरुष र महिला दुवैका लागि पाउन सकिन्छ। पुरुष र महिलाका यौन अंगका आकृतिमा पाइने यस्ता सामाग्री ठ्याक्कै लिंग वा यौनी जस्तै हुन्छन्। यस्ता सामाग्री माँड्ने, दल्ने र भाइब्रेटरमा पाइन्छ।

सेक्सटोयज पुरुषहरुका लागि विभिन्न आकारमा पाउन सकिन्छ। पुरुषहरुका लागि रिङ, ओरल स्टिमुलेटर, योनि आदि पाउन सकिन्छ। रिङलाई लिंगमा औंठी जस्तै गरी लगाइन्छ। रबरले बनेको रिङमा भाइब्रेसन जोडिएको हुन्छ। यसले महिलाको योनिमा कम्पन पैदा गरी यौन सन्तुष्टि दिने काम गर्छ। तर यसको प्रयोग लामो समयसम्म गर्नु हुँदैन।

कृत्रिम योनी महिलाको वास्तविक योनीकै आकारमा बनाइएको हुन्छ। यौनसाथी नहुँदा पुरुषले यस्ता सामाग्री प्रयोग गरी यौन आनन्द लिन सक्छन्। यस्ता साधनको प्रयोगले एचआइभी र यौन रोग लाग्नबाट बचाउँनाले पनि यसको प्रयोगमा बृद्धि हुँदै गैरहेको छ। यसबाट पनि सम्भोगको पुर्ण सन्तुष्टि पाउन सकिन्छ। यो पुरै महिलाको शरीर वा योनि मात्र भएको भागमा पाउन सकिन्छ। ओरल स्टिमुलेटर महिलाको मुखको आकारमा हुन्छ। यसले मुखमैथुनको काम गर्छ।

महिलाका लागि पनि कृत्रिम लिंग पाउन सकिन्छ। यो पुरुषको वास्तविक लिङ्ग जस्तै देखिन्छ। यस्ता लिङ्गहरु भाइब्रेटरसहित पनि पाउन सकिन्छ। कृत्रिम लिङ्गका अलवा छुट्टै भाइब्रेटर पनि महिलाका लागि पाउन सकिन्छ। यसलाई यौनाङ्गको मुख्य भागलाई उत्तेजित गराउँछ। भाइब्रेटर छान्दा आवाज र आकारमा ध्यान दिनुपर्छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology