के मलाई बौलाहा कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री बनाउँछु ? : प्रधानमन्त्री ओली

NAWALPUR TIMES

के मलाई बौलाहा कुकुरले टोकेको छ र माधव नेपाललाई प्रधानमन्त्री बनाउँछु ? : प्रधानमन्त्री ओली
kp oli aayog

काठमाडौं । प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाललाई शेरबहादुर देउवा र प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन् ।

सोमबार मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बोल्दै ओलीले नेता नेपाल देउवा र प्रचण्डको मामुली कार्यकर्ता भइसकेकाले आफूले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्न नसक्ने जिकिर गरे । उनले भने, ‘मैंले माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरें रे, के मलाई बौलाह कुकुरले टोकेको छ र ? कोही मान्छे नभेटाएर केपी ओलीले नेपाललाई प्रधानमन्त्री बनाउला ।’

‘नेता नेपाल देउवाकै कार्यकर्ता बन्न सक्छन्, प्रचण्डको मामुली कार्यकर्ता बन्न सक्छन्,’ उनले भने, ‘आफ्नो पार्टीको सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने यस्तो लाजसरम पचेको मान्छे कसरी प्रधानमन्त्री बन्न सक्छन ।’

केही दिनअघि विपक्षी गठबन्धनको कार्यक्रममा नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्रीको प्रस्ताव गरेको बताएका थिए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology