केपी ओलीले फेरि चलखेल गरे राजनीतिबाटै निकाल्ने प्रचण्डको चेतावनी

NAWALPUR TIMES

केपी ओलीले फेरि चलखेल गरे राजनीतिबाटै निकाल्ने प्रचण्डको चेतावनी
IMG 7231 9veb8WPGdj

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली आफ्नै घमण्डका कारण अहिलेको अवस्थामा पुगेको दाबी गरेका छन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न शनिवार त्यहाँ पुगेका प्रचण्डले भने, ‘ओलीको घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २–४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिँदैछ । अब पनि चलखेल गर्न खोजे राजनीतिबाटै बाहिर गर्दिन्छु ।’

हिन्दीमा भाषण गरेका प्रचण्डले मधेशी जनताको अधिकारका लागि आफू संघर्षरत रहेको बताए । उनले भने, ‘मधेशी जनता मेरा प्रेमिका हुन् कहिलेकाहीँ भिलेन आएर प्रेमलाई तोड्न खोज्छन् । तर म निरन्तर तपाईंहरूकै अधिकारका लागि लडिरहेको छु ।’

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology