केन्द्रीय सदस्य शिवाकोटीको चेतावनी : कुहिरोको काग भयो पार्टी , ८४ को चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ

NAWALPUR TIMES

केन्द्रीय सदस्य शिवाकोटीको चेतावनी : कुहिरोको काग भयो पार्टी , ८४ को चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ
received 976481496842868

 

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले कांग्रेस कता कता कुहिरोको काग जस्तो भैरहेको बताएका छन् ।

प्रेस युनियनको ३२ औं स्थापना दिवस समारोहमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी अहिले फाली निस्केको हलो जस्तो भएको भन्दै गुनासो गरे।

“उत्साह बोकेर आएको साथीहरू देशभर छन् । यो उत्साह घट्दै गएको छ । यसलाइ जोगाउन नेतृत्वले ध्यान दिनुपर्ने छ । तपाईंहरुलाइ हेरेर हामी राजनीतिमा आएका हौ,” उनले भने ।

केन्द्रीय सदस्य शिवाकोटीले पार्टी केन्द्रीय समिति बैठक नराखेर सभापति शेरबहादुर देउवाले आधिकारिक धारणा राख्न छेकेको गुनासो गरे । उनले केन्द्रीय सदस्यहरूले पनि बोल्ने ठाउँ चाहिएको भन्दै बैठकको माग गरे ।

“९ महिनादेखी केन्द्रिय समिती बैठक बस्न सकेको छै । पदाधिकारी र पूर्व पदाधिकारीको नाममा पार्टीको निर्णय हुँदै आएको छ,” उनले भने,” हामीले पनि बोल्ने ठाउँ चाहिएको छ । ”
पार्टीमा विधानको पालना हुन नसकेको भन्दै निर्मम समिक्षाको माग उनले गरे। पार्टी यसरी चले आउँदो चुनाव फलामको चिउरा चपाउनु सरह हुने उनले जिकिर गरे ।
“विधानको पालना हुन सकेको छैन । यसमा नेतृत्वले निर्मम समीक्षा गर्नुपर्ने अवस्था आएको छ,” उनले भने,” केस साथीहरूको विचार संस्लेशण गरेर नयाँ रुपमा अघि नबढे ८४ सालको चुनाव फलामको चिउरा चपाउनु सरह हुनेछ ।”

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology