कुलमान समर्थनमा प्रदर्शन गर्ने गुप्ता र श्रेष्ठमाथि कुटपिट घटनाको छानबिन हुने

NAWALPUR TIMES

कुलमान समर्थनमा प्रदर्शन गर्ने गुप्ता र श्रेष्ठमाथि कुटपिट घटनाको छानबिन हुने
dharna at lalitpur cdo 1

काठमाडौं  । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रर्दशनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन हुने भएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना छानबिन गर्न तीन सदस्यीय छानबिन समिति बनाएको छ। १०० ग्रुपका गुप्तामाथि बिहीबार प्रहरीले नियन्त्रणमा लिनु अघि र पछि कुटपिट गरेको थियो। शुक्रबार बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनमा भने प्रहरीको कुटपिटबाट श्रेष्ठको टाउमा चोट लागेको थियो।

दुबै घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना भएपछि प्रहरीले छानबिन समिति गठन गरेको हो। रानीपोखरीका एसएसपी किरण बज्राचार्यको नेतृत्वमा बनेको समितिमा डीएसपी भवेश रिमाल र प्रहरी निरीक्षक विष्णुप्रदीप बस्याल छन्।

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको जानकारी महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दिएको खबर अन्नपुर्ण पोस्टले छापेको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology