कुढौली मध्यवर्ती सामुदायिक वनको छैठौं अधिवेशन सम्पन्न

NAWALPUR TIMES

कुढौली मध्यवर्ती सामुदायिक वनको छैठौं अधिवेशन सम्पन्न
1701524908401

कावासोती । कावासोती-११ मा रहेको कुढौली मध्यवर्ती सामुदायिक वनको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले रामबहादुर रानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा मुक्तिप्रसाद भुसाल, सचिबमा महाराज गुरौ,कोषाध्यक्षमा महेन्द्रप्रसाद पौडेल, सहसचिवमा पुर्णबहादुर थनेत, सदस्यमा पुर्णबहादुर गुरुङ, अनिता क्षेत्री, डोलप्रसाद श्रेष्ठ,रश्मिता सुनार,गौमाया परियार र संगिता सुवेदी आगामी ५ वर्षका लागि चयन भएका छ्न ।

त्यसै गरि लेखा समिति संयोजकमा लिलाम्बर काफ्ले, सदस्यमा गंगा पौडेल र गंगा क्षेत्री तथा अनुगमन समिति संयोजक विष्णुप्रसाद श्रेष्ठ, अनन्त लम्साल, आन्नदप्रसाद श्रेष्ठ, लक्ष्मी थनेत, र मिना चन्द सर्वसम्मत चयन भएका निर्वाचन समिती सदस्य लेखनाथ दवाडीले बताए ।

साधारणसभा तथा छैठौं अधिवेशनको उदघाटन सत्रमा कावासोती-११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी, लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेल, कुढौली खानेपानीका अध्यक्ष लेखनाथ दवाडी, नेपाल राष्ट्रिय आधारभुत विद्यालयका अध्यक्ष रामप्रसाद रिजाल, पुर्व उपाध्यक्ष विष्णुप्रसाद श्रेष्ठ, लेखा समितिका लिलाम्बर काफ्लेले शुभकामना मन्तव्य राखेका थिए ।

निर्वाचित कार्यसमितिलाई कावासोती-११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारी र लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले कार्यसमितिको बैठक पुस्तिका हस्तान्तरण गर्दै बधाई तथा शुभकामना दिएका थिए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology