किसान साकोसको एकीकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाटन समारोह सम्पन्न

NAWALPUR TIMES

होमनाथ पौडेल, ११ माघ,
देवचुली किसान बचत तथा ॠण सहकारी संस्था लिमिटेडको एकीकरण घोषणा सभा तथा चौधौं सेवाकेन्द्र समुद्घाटन समारोह आज शनिबार देवज्योति सेवाकेन्द्र, देवचुली-९ विशालटारमा सम्पन्न भएको छ। देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष श्रीहरी चालिसेको अध्यक्षता साथै देवज्योति कृषि सहकारी संस्थाका अध्यक्ष खगराज कंडेल र किर्तिपुर बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष नौलासिं सुनारीको सहअध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विशिष्ट अतिथीकारुपमा नेपाल बचत तथा ॠण केन्द्रीय संघ लि. ( नेफ्स्कून ) का लेखा समिती संयोजक नवराज सापकोटा , नेफ्स्कून संचालक समिति सदस्य विद्या कोइराला साथै देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल रहनुभएको थियो। उक्त समारोहमा किसान साकोस, देवज्योति कृषि सहकारी संस्था लि. देवचुली-९ विशालटार र किर्तिपुर बचत तथा ॠण सहाकारी संस्था लि. देवचुली-६ कीर्तिपुरबीच भएको एकीकरणबारे शेयर सदस्यलाई जानकारी गराइनुका साथै किसान साकोसको चौधौँ सेवाकेन्द्रकारुपमा देवज्योति सेवाकेन्द्र, देवचुली-९ विशालटारको समुद्घाटन गरिएको थियो। कार्यक्रममा मनतव्य राख्दै प्रमुख अतिथी श्रेष्ठले किसान साकोसले सामाजिक क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै संस्थाको प्रगतिको शुभकामना दिनुभएको थियो। कार्यक्रममा राष्ट्रिय कलाकार चन्द्रा गुरुङ एवं स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुति समेत रहेको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology