“किशोरी अधिकारको लागि स्वयं अभिभावक जागरुक हुनुपर्छ “

NAWALPUR TIMES

“किशोरी अधिकारको लागि स्वयं अभिभावक जागरुक हुनुपर्छ “
received 2878219942236350

देवचुली/२२,माघ 
नेपालमा पछिल्लो समयमा किशोरीमाथी हुने असमानता, हिंसा र दुर्व्यवहारको अन्त्यको लागि किशोरीका अभिभावकहरुनै स्वयं जागरुक हुन पर्ने कुरामा सरोकारवालाहरुले जोड दिएका छन् । देवचुली नगरपालिका वडा नंं. ११ र जागृति बाल तथा युवा सरोकार नेपालद्धारा बुधबार आयोजित सरोकारवालाहरुको छलफल कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन ।

"किशोरी अधिकारको लागि स्वयं अभिभावक जागरुक हुनुपर्छ " 5

कार्यक्रममा बोल्दै भृकृटी बोडिंग स्कुलका प्रिन्सिपल ढाकाराम भट्टराईले देवचुली नगरपालिका शिक्षा लगायत सबै कुरामा अगाडी रहेको छ, बालमैत्री नगरको रुपमा समेत चिनिएकोले समेत यहाँका बालबालिकाहरुले पाउनुपर्ने हक, अधिकार पाएका छन् तर पनि केही समस्याहरु जस्तो लागुऔषध दुर्व्यसन र खुलम खुल्ला रुपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण हुँदा बालबालिका तथा किशोरकिशोरीहरुमा नकरात्मक असर परेको हुँदा लागुपदार्थ दुर्व्यसनी न्यूनीकरणका लागि र खुल्ला रुपमा सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक लगाउन स्थानीय सरकारले नितिनिर्माण गरि कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो ।

"किशोरी अधिकारको लागि स्वयं अभिभावक जागरुक हुनुपर्छ " 6


कार्यक्रममा महिला अधिकारकर्मी बिमला अधिकारीले किशोरीहरु माथी हुने गरेको असमानताहरुको अन्त्यको लागि किशोरीहरुलाई तालिम सञ्चालन गरी उनीहरु मार्फत अभिभावकसम्म सन्देश फैलाउन सके यसको प्रभावकारीता हुने बताउनुभयो ।

"किशोरी अधिकारको लागि स्वयं अभिभावक जागरुक हुनुपर्छ " 7

प्रगतिनगर स्वास्थ्य चौकीका अहेव लिला डुम्रे भुसालले स्वास्थ्य संस्थाहरुबाट समेत यस्ता खालका कार्यक्रमहरु सञ्चालन हुने गरेको बताउदै देवचुलीमा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत सवै वडाहरुमा सरोकारवालाहरु सँगको छलफलको आयोजना गरी उनीहरुको क्षमता अभिबृद्धी गराई किशोरी अधिकारको बारेमा जानकारी प्रदान गर्नु पर्ने कुरामा जोड दिनु भयो । जागृति बाल तथा युवा सरोकार नेपालका सविता पंगेनीले किशोरीमैत्री नगरको लागि अभियान सुरु गरिएको  बताउनुभयो ।

"किशोरी अधिकारको लागि स्वयं अभिभावक जागरुक हुनुपर्छ " 8


कार्यक्रममा वडा भित्रका युवाक्लव, आमा समुह, जनप्रतिनिधी, बालक्लव, विद्यालय, स्वास्थ्य संस्थाबाट प्रतिनिधीमुलक रुपमा ६० जनाको उपस्थिती रहेको थियो । कार्यक्रम देवचुली नगरपालिका नगर कार्यपालिका सदस्य शकुन्तला गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष रमेश ठाडामगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology