कावासोती-१३कि ४६ वर्षकी महिलाको कोरोना संक्रमणले मृत्यु

नवलपुरको कावासोती नगरपालिका थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

NAWALPUR TIMES

कावासोती-१३कि ४६ वर्षकी महिलाको कोरोना संक्रमणले मृत्यु
death in hospital corridor 1

कावासोती । नवलपुरको कावासोती नगरपालिका थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

कावासोती-१३ कि ४६ वर्षीय महिलाको चितवन मेडिकल कलेजमा जेठ ४ गते राती १:३० बजे मृत्यु भएको स्वास्थय कार्यालय नवलपुरले जनाएको छ ।

गत वैशाख ३१ गते संक्रमण पुष्टि भए पछि मध्यविन्दु जिल्ला अस्पतालमा उपचार गरिएकोमा स्वास्थ्य अवस्था जटिल भए पछि उनलाई थप उपचारको लागि जेठ २ गते चितवन मेडिकल कलेज रिफर गरिएको र चितवन मेडिकल कलेजमा कोभिड निमोनियाको कारणले मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

यो सँगै कावासोतीमा मंगलबार मात्रै ३ जनाको मृत्यु भएको छ ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology