कावासोती-११ मा वडा कार्यालय भवनको शिलान्यास : ५१ लाखको लागतमा भवन बन्ने

NAWALPUR TIMES

कावासोती-११ मा वडा कार्यालय भवनको शिलान्यास : ५१ लाखको लागतमा भवन बन्ने
FB IMG 16154760597320832

कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं ११को वडा कार्यालय भवनको बिहिबार शिलान्यास गरिएको छ । कावासोती नगरपालिका कि नगर प्रमुख चन्द्राकुमारी पुन र कावासोती-११ का वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले भुमि पुजन गरि कार्यालय भवनको शिलान्यास गर्नु भएको हो ।

कुल ५१ लाख ८८ हजार ७९९ रुपैया (भ्याट बाहेक) को लागतमा बन्न लागेको भवन निर्माण का लागि नर्थ साउथ ईन्जिनियरिङ्ग सर्भिस काठमाडौको बोलपत्र स्वीकृत भई सम्झौता भई सकेको कावासोती नगरपालिकाका ईन्जिनियर पवन रुपाखेतीले बताउनु भयो ।

निर्माण कम्पनीले निर्माण कार्य सुरु गरे पछि तीन महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी तयारी सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । वडा कार्यालय निर्माण पश्चात् वडाबाट प्रवाह गरिने सेवाहरु प्राप्त गर्न जनतालाई थप सहज हुने वडा अध्यक्ष शारदाप्रसाद अधिकारीले बताउनु भयो । वडा कार्यालय सँगसँगै आधारभूत स्वास्थ्य केन्द्रको भवन पनि छिट्टै बन्ने जनाउदै वडा अध्यक्ष अधिकारीले त्यसका लागि जग्गा व्यवस्थापनको काम गरिरहेको बताउनु भयो ।

वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा नगर प्रमुख चन्द्राकुमारी पुन, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्ती, ईन्जिनियर पवन रुपाखेती , वडा सदस्यहरु, वडाका राजनीतिका दलका प्रतिनिधि , आमासमुह लगाएतकाको रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology