कावासोती-११मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

NAWALPUR TIMES

कावासोती-११मा मोटरसाइकल दुर्घटना हुँदा  एकजनाको मृत्यु
1590466601 gnrnp

कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं-११ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार सोमबार  कावासोती नगरपालिका वडा नम्वर ११ कुढौलीको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिएको हो ।

उत्तर बाट दक्षिण तर्फ जादै गरेको लु ६०प ४०३७ नंम्बरको मोटर साईकल पल्टँदा मोटर साईकल चालक सोही ठाउँ बस्ने दिल बहादुर बराम घाइते पछि उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले सोमबार राती ९:१५ बजे मृत घोषणा गरेको सुचना अधिकारी प्रहरी नायक उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

मोटर साईकल पछाडी सवार सोही कावासोती वडा नं. १२ बस्ने सिमा महत्तोको पुरानो मेडिकल कलेजमा उपचार भई रहेको, र अवस्था मध्यम रहेको खाँणले बताउनुभयो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology