कावासोती । नवलपुरका विभिन्न स्थानमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।
जिल्लाको कावासोती नगरपालिका र मध्यविन्दुु नगरपालिकाको विभिन्न स्थान विहान १० वजेदेखि अपरान्ह ३ बजेसम्म विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीले जनाएको छ।
कावासोती नगरपालिकाको वडा नं ३, ७, ८, ९, १०, १३, १४, १५, १६ र १७ मा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यसै गरि मध्यविन्दु नगरपालिकाको वडा नं १, २ र ३ को विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने प्राधिकरणको कावासोती वितरण केन्द्र द्वारा जारी सूचनामा जनाईएको छ ।
वितरण केन्द्रका अनुसार नारायणघाट बुटवल सडक खण्ड बिस्तारको क्रममा पर्ने रुखहरु कटान गर्न पर्ने भएकाले ११ केभि प्रगतिनगर फिडर अन्तर्गत पर्ने स्थानमा विद्युत अवरुद्ध हुनेछ्न ।
तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सुचारु हुने कार्यालयले जनाएको छ ।
प्रकाशित : २०७७ पुष १७ गते २०:०६
Facebook Comment