कावासोती नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २५ बाट

NAWALPUR TIMES

कावासोती नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २५ बाट
IMG 20210306 180152 scaled

कावासोती नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि फागुन २५ र २६ गते जनता माध्यमिक विद्यालय त्रिभुवनटार डण्डामा हुने भएको छ ।

नगर भित्रका सामुदायिक संस्थागत माध्यमिक विद्यालय र कक्षा ११ र१२ सन्चालित शैक्षिक संस्था सहित कुल ३० वटा विद्यालयको सहभागिता रहने प्रतियोगिताको १३ औं संस्करणमा कुल ७ सय विद्यार्थी सहभागी हुने शनिबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रचार प्रसार संयोजक एवं विद्यालयका प्रधानाध्यापक गिरी राज गिरीले बताए ।

दुई दिन सम्म चल्ने प्रतियोगितामा ४ वटा विधाका १७ वटा खेल सन्चालन हुने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । एथलेटिक्स , भलिवल, कपड्डी, मार्सल आर्ट अन्र्तगत तेक्वान्दो र कराँतेका खेलहरु हुनेछन् । एथलेटिक्समा दौड,रिले दौड, र तीन हजार मिटरको दौड प्रतियोगिता हुने छन् । यस्तै फिल्ड तर्फ हाइजम्प, लङजम्प, सटपुट, ट्रिपल जम्प र ज्यावलिङ थ्रोका खेल खेलाईने प्रचारप्रसार संयोजक गिरीले बताए ।

राष्ट्रपति रनिङ्ग शिल्डको प्रतियोगिता जिल्ला स्तरीय प्रतिस्पर्धा भने फागुन २८ र २९ गते हुने छ ।

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology