कावासोती नगरपालिकाको आठौं नगरसभा सम्पन्न

NAWALPUR TIMES

कावासोती नगरपालिकाको आठौं  नगरसभा सम्पन्न
FB IMG 1614339830974

कावासोती । कावासोती नगरपालिकाको आठौं नगरसभा विनियोजन विधेयक २०७७ लाई संशोधन सहित पारित गर्दै शुक्रबार सम्पन्न भएको छ ।

नगरप्रमुख चन्द्राकुमारी पुनको अध्यक्षतामा सम्पन्न आठौं नगरसभाले नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले पेश गर्नु भएको विनियोजन विधयेक २०७७ को संशोधन विधयेक पारित गरेको हो । संशोधित विनियोजन विधेयकमा आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत कार्यक्रम अनुसार विभिन्न शिर्षकहरुमा विनियोजित रकम आंशक वा पूर्ण रुपमा खर्च नहुने देखिएकाले चालू आर्थिक वर्षमै खर्च गर्नुपर्ने विभिन्न अत्यावश्यक कार्यका लागि नयाँ शिर्षकमा खर्च गर्न प्रस्ताव गरिएका विभिन्न ३६ वटा कार्यक्रम तथा योजनाहरुलाई नगरसभाले पास गरेको छ

यसै गरि नगर सभाले सार्वजनिक सेवा प्रवाह तथा शुसाशन समितीका संयोजक छविलाल महतोले पेश गर्नु भएको नगरपालिकाको संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने सम्बन्धि प्रस्ताव र कार्यपालिका सदस्य आनन्द श्रेष्ठले पेश गर्नु भएको पूर्व प्राथमिक विद्यालय सञ्चालनको लागि अनुमती दिने सम्बन्धि प्रस्ताव पास गरेको हो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology