कावासोती नगरपालिकाका विद्यालय आइतबार देखि सन्चालन हुने

NAWALPUR TIMES

कावासोती नगरपालिकाका विद्यालय आइतबार देखि सन्चालन हुने
5f1e1b044ee65 विद्यालय 1

प्रेम न्यौपाने/कावासोती । नवलपुरको कावासोती नगरपालिकाले नगरभित्रका सबै विद्यालयहरु सन्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा शाखाले शुक्रवार एक सूचना जारी गरी मंसिर ७ गते आइतबारदेखि कक्षा १ देखि माथिका सबै कक्षाहरुको पठनपाठन सन्चालन गर्न निर्देशन दिएको हो ।
कोभिड-19 का कारण प्रभावित शिक्षण सिकाइलाइ सुचारु गर्ने सन्दर्भमा शिक्षा मन्त्रालयद्वारा जारी गरिएको विद्यालय संचालन सम्बन्धि कार्यढाँचा २०७७ तथा कावासोती नगरपालिकाद्वारा जारी शिक्षा सम्बन्धि आकस्मिक कार्य योजनामा उल्लेखित मापदण्ड बमोजिम विद्यालयको पठनपाठन सन्चालन गर्न सबै विद्यालयलाई सूचित गरिएको कावासोती नगरपालिकाका नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भण्डारीले बताउनुभयो ।

यसअघि विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउन शिक्षा मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेपछि असोज पहिलो साताबाट धमाधम खुलेका नगरपालिका भित्रका विद्यालयहरु कार्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म बन्द गर्न नगरपालिकाले निर्देशन दिएको थियो । नगरपालिकाको बिपद ब्यवस्थापन समितिले कोभिड-19 को रोकथाम तथा नियन्त्रणका लागि भन्दै कार्तिक १६ गतेदेखि मंसिर ५ गतेसम्म नगरभित्रका सबै शिक्षण संस्थाहरुमा प्रत्यक्ष रुपमा विद्यार्थी सम्पर्क हुनेगरी मुखामुख विधिबाट पठनपाठन हुने कार्यमा रोक लगाएको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology