कावासोतीमा ४५ जना युवाहरु कांग्रेस प्रवेश

NAWALPUR TIMES

कावासोतीमा ४५ जना युवाहरु कांग्रेस प्रवेश
20221110 200420 scaled

कावासोती । नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरि कावासोतीमा ४५ जना युवाहरु नेपाली कांग्रेस प्रवेश गरेका छ्न ।

कावासोती नगरपालिका भित्रका नेकपा एमाले सहित अन्य दलहरु त्यागेर ४५ जना युवाहरुले नेपाली कांग्रेसको भातृ संघ तरुण दलको सदस्यता लिएका नेपाल तरुण दल नवलपुर क्षेत्र नं १ का सभापति एवं लोकतान्त्रिक वाम गठबन्धन युवा परिचालन समिति क्षेत्र नं १ का संयोजक राजन सुवेदीले जानकारी दिएका छ्न ।

नेपाली कांग्रेस प्रवेश गर्ने युवाहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसकी नेतृ ओमकला गौतमले तरुण दलको सदस्यता प्रदान गरेकी थिईन ।

कार्यक्रम तरुणदल क्षेत्रीय सभापति राजन सुवेदी, कांग्रेस महासमिति सदस्य भरत तिवारी, नेपाली कांग्रेस जिल्ला उप सभापति बालकृष्ण घिमिरे, जिल्ला सचिब महेन्द्र पोख्रेल, नेताहरु झपेन्द्र भुसाल, नारायण पन्त, विष्णु पाण्डे, तरुण दल नगर सभापति मिनराशी गुरुङ लगाएताका को उपस्थितमा सम्पन्न कार्यक्रमको सभापतित्व तरुण दल जिल्ला उपसभापति मीन घले ले गरेका थिए ।

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology