कावासोतीमा २३ वर्षे युवकद्वारा घाँटी रेटेर आत्महत्याको प्रयास

NAWALPUR TIMES

कावासोती । नवलपुरको कावासोतीमा एक जना युवकले आफ्नो घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छ्न ।

कावासोती-३ डेरा गरि बस्ने पाल्पाका २३ वर्षीय युवक निर्मल रानाले मापसे गरी आफू सुत्ने कोठामा भित्र बाट चुकुल लगाई  धारिलो हतियार चक्कुले आँफ्नै घाँटी रेटी आत्महत्याको प्रयास गरेका नवलपुर प्रहरीले जनाएको छ ।

घटनास्थलबाट रानालाई उद्धार गरि मध्यविन्दु जिल्ला अस्पताल लगिएको थियो । मध्यविन्दु जिल्ला अस्पतालमा सामान्य उपचार पछि उनलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology