कावासोतीमा सर्प महोत्सव सुरु

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३ गते १९:२२
कावासोतीमा सर्प महोत्सव सुरु
Sarpa Mahotsav 10

कावासोती । नेपालमै पहिलो पटक कावासोतीमा ‘नेपाल सर्प महोत्सव’ सुरु भएको छ । नागपञ्चमी पर्वको अवसर पारेर सर्प महोत्सव आयोजना गरिएको हो ।

नेपाल टक्सिनोलोजी सङ्घको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय, नवलपुर र मध्यबिन्दु बहुमुखी क्याम्पसको सहआयोजनामा आइतबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्ने बताइएको छ ।

 

सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइ बारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको सर्प संरक्षणकर्मी तथा नेपाल सर्प महोत्सव मूल आयोजक समितिका निर्देशक कमल देवकोटाले जानकारी दिनुभयो ।

 

महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टलहरु राखिएको छ । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्ने बारेमा पनि जानकारी दिइने देवकोटाले बताउनुभयो । महोत्सवमा जीवित सर्पको प्रदर्शनी गरिएको थियो ।

प्रकाशित : २०८० भदौ ३ गते १९:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI