कावासोतीमा सडक दुर्घटना उद्धार नमूना अभ्यास

NAWALPUR TIMES

कावासोतीमा सडक दुर्घटना उद्धार नमूना अभ्यास
1697121516676

कावासोती । ठुलै जनधनको क्षती हुने गरी सडक दुर्घटना भएमा सम्पूर्ण सरोकारवाला निकायहरुले क्षती न्यूनिकरणका लागि गरिने उद्धारका कार्यहरुको अभ्यास गर्ने उद्देश्यले बिहिबार नवलपुरको कावासोतीमा सडक दुर्घटना उद्धार नमूना अभ्यास गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला सुरक्षा समिति, नेपाल प्रहरी, नेपाली सेना, रेडक्रस तथा मध्यविन्दु जिल्ला अस्पतालको सहितको टोलिले कावासोतीमासडक दुर्घटना उद्धार नमूना अभ्यास गरेको हो ।

नेपाली प्रहरीको समन्वय भएको कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरी दुर्घटना स्थलका घाइतेको उद्धारमा रेडक्रसको टोलि प्राथमिक उपचार र जिल्ला अस्पतालको टोलिले अस्पतालमा घाईतेको उपचार गर्ने कामको अभ्यास तथा प्रदर्शन गरेका थिए । काल्पनिक दुर्घटना बनाएर गरिएको अभ्यासमा दुर्घटना पछि स्थलगय अवस्थालाई सामन्य बनाउन भिड नियन्त्रण लगाएतकाको अभ्यास गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बाबुराम विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नवलपुर प्रहरी प्रमुख नरहरी रेग्मी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, रेडक्रस, मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology