कावासोती । कावासोती नगरपालिकाका लक्षित समुहका ४३ प्रतिशतले कोरोना विरुद्धको खोपको मात्रा पूरा गरेका छ्न । नगरपालिकामा खोपको मात्रा पूरा गर्नेको संख्या बीस हजार नाघेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
कावासोती नगरपालिका स्वास्थ्य शाखाका सि.अहेव अधिकृत पारेश्वर भुर्तेलका अनुसार मंसिर १४ गते सम्म खोपको मात्रा पूरा गर्ने को संख्या २० हजार ३६ पुगेको छ भने खोपको पहिलो मात्रा लगाउनेको संख्या ४२ हजार २ सय ६० पुगेको हो ।
कावासोती नगरपालिकामा कुल ४६ हजार ६ सय ९५ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य राखिएकोमा हाल सम्म ४३ प्रतिशतले मात्रै खोपको मात्रा पूरा गरेका छ्न भने लक्ष्यको ९१ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका अधिकृत भुर्तेलले बताए ।
प्रकाशित : २०७८ मंसिर १५ गते १३:३०
Facebook Comment