कावासोतीमा नगर उपप्रमुखको उम्मेदवार सहित ९५ जना काङ्ग्रेसमा प्रवेश

NAWALPUR TIMES

कावासोतीमा नगर उपप्रमुखको उम्मेदवार सहित ९५ जना काङ्ग्रेसमा प्रवेश
IMG 20210110 205852

कावासोती । पुर्वी नवलपरासीको कावासोतीमा
नगर उपप्रमुखको उम्मेदवार सहित ९५ जना काङ्ग्रेसमा प्रवेश गरेका छ्न । आईतबार नेपाली काङ्ग्रेस कावासोती नगरपालिका वडा नं १को नगरवडा कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा  कावासोती नगरपालिकाको स्थानीय तहको निर्वाचनमा राप्रपाबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी  उमा दमै सहित ९५ जना विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई स्वागत तथा बधाई दिदै प्रमुख अतिथि समेत रहेका संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता महेन्द्रध्वज जिसिले नवप्रवेशी कार्यकर्तालाई प्रवेश गरेर मात्रै काङ्ग्रेस नभइने र काङ्ग्रेसको मुल मर्म र विचारलाई अंगिकार गर्नुपर्ने बताएका छन।कम्युनिस्टको सरकारले केही गर्न नसकेर बिक्षिप्त बनेका विभिन्न पार्टिका कार्यकर्ताहरु काङ्ग्रेसलाई विश्वास गरेर नेपाली काङ्ग्रेसमा प्रवेश गरेकोमा जिसिले बधाई समेत दिएका छन।

नेपाली काङ्ग्रेस कावासोती नगरपालिका वडा नं १का सभापति रामचन्द्र मोक्तानको अध्यक्षता एवं संविधान सभा सदस्य एवं नेपाली काङ्ग्रेसका नेता महेन्द्रध्वज जिसिको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यकर्ता भेला एवं प्रशिक्षण सोमबार सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा काङ्ग्रेस जिल्ला सचिब बालकृष्ण घिमिरे, नेपाल भु.पु.सैनिक संघ केन्द्रिय अध्यक्ष कर्णेल धन बहादुर मास्की,संघीय क्षेत्र नं. १ का सभापति द्रोणबन सन्यासी, तरुण दल जिल्ला सभापति सुर्य गुरुङ , नेपाल महिला संघ नवलपुरका जिल्ला सचिब सरस्वती तिमिल्सिना लगाएतको उपस्तिथि रहेको थियो

 

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology