कावासोतीमा दाहाल-नेपाल समूहको मसाल जुलुस

NAWALPUR TIMES

कावासोतीमा दाहाल-नेपाल समूहको मसाल जुलुस
received 387400875881254

नारायण शर्मा/नवलपरासी — नेकपाको दाहाल-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको विरोधमा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा अहिले साँझ मसाल जुलुस निकालेका छन् ।उक्त समूहका सर्मथक कार्यकर्ताले प्रतिगमन मुर्दावाद, नेकपा जिन्दावाद भन्दै नारा लगाएका थिए । जुलुसमा उक्त समूहका जिल्ला तहका नेता कार्यकर्ता तथा भातृ संगठनका कार्यकर्ता सहभागी थिए । अनेरास्ववियूका केन्द्रीय सदस्य हरी सिग्देलले नेतृत्व गरेको जुलुश कावासोतीको सभापति चोकबाट सुरु भएर जिल्ला प्रहरी कार्यालय नजिकैसम्म पुगेको थियो । सिग्देलले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर असंवैधानिक काम गरेको आरोप लगाए । जुलुसमा अनेरास्ववियु नवलपुरका संयोजक ठाकुर पराजुली , सहसंयोजक दिनेश केसी लगाएतका जिल्ला नेतृत्वको सहभागीता रहेको थियो ।संसद् विघटनपछि विभाजित नेकपा पूर्वी नवलपरासीमा दाहाल-नेपाल समूह बलियो देखिएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology