कावासोती । गैँडाको आक्रमणबाट कावासोतीमा एक जना महिला घाईते भएकी छिन ।
कावासोती-१३ मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा काटन गएकी कावासोती -१३ लौखानी बस्ने ५८ वर्षीय जुलिया महतो घाईते भएकी जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
प्रहरीका अनुसार गैँडाको आक्रमणबाट घाईते महतोको गर्दा बाँया खुट्टाको पिँडुला, कम्मर, दाहिने हात र पेटमा चोट लागेको छ । घाईते महतोलाई घटनास्थलबाट उद्धार गरेर उपचारको लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पुर्याएईएको थियो ।
महतोलाई थप उपचारको लागि चितवन पठाईएको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ असोज २९ गते १७:३६
Facebook Comment