कावासोतीमा कुटपिटबाट ३ जना घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत ६ गते १४:४२
कावासोतीमा कुटपिटबाट ३ जना घाईते
fight symbol

नवलपुर । पूर्वी नवलपरासी कावासोती नगरपालिका वडा नम्बर–३ सभापति चोकमा आपसी विवादका कारण भएको समूहगत कुटपिटबाट तीन जना घाइते भएका छन् ।

मापसे सेवन गरी भएको कुटपिटबाट घाइते हुनेहरुमा कावासोती नगरपालिका–२ वर्ष २२ का दीपेन्द्र सारु, २२ वर्षकै आकाश थापा र कावासोती–३ का २२ वर्षका उत्तम थापा रहेका छन् । तीन जनाकै टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको नवलपुर अस्पताल कावासोती प्राथमिक उपचारपछि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेका ५ जना फरार रहेका र उनीहरुको खोजी कार्य जारी रहेको नवलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत ६ गते १४:४२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI