कावासोतीमा आईसल्याण्ड होटलको हात्तीको आक्रमणबाट माउतेको मृत्यु

NAWALPUR TIMES

कावासोतीमा आईसल्याण्ड होटलको हात्तीको आक्रमणबाट माउतेको मृत्यु
images

पूूर्वि नवलपरासीको कावासोतीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । कावासोती नगरपालिका वडा नं. १२ मा रहेको आईसल्याण्ड होटलको हात्तीले आक्रमण गर्दा सोही हात्तीका माउते ५६ वर्षीय लोकबहादुर खजुवारको ज्यान गएको प्रहरीले जनाएको छ ।
रिसोर्टको सो हात्तीलाई पानी खुवाउन लैजाने क्रममा माउते खजुवारलाई रिर्सोट परिसर भित्रै हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय पूूर्वि नवलपरासीका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
हात्तीको आक्रमणबाट गम्भिर घाईते भएका माउते खजुवारको आज दिउसो चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।-file photo

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology