कावासोतीको नगरप्रमुख र उपप्रमुख पदका ९ जना उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता

NAWALPUR TIMES

कावासोतीको नगरप्रमुख र उपप्रमुख पदका ९ जना उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
local election

नवलपुर । नवलपुरको कावासोती नगरपालिकामा मेयर र उपमेयर पदमा उम्मेद्वारी दर्ता गरेका ९ जना दौडबाट बाहिरिएका छन् ।

आज मनोनयन फिर्ता लिने अन्तिम दिन कावासोती नगरपालिकाबाट मेयर पदका उम्मेद्वार नेकपा एकीकृत समाजवादीका सालिकराम भट्टराई सहित ६ जनाले मेयरबाट उम्मेदवारबाट नामावली फिर्ता लिएका छन् ।

स्वतन्त्रबाट काँग्रेसका ३, एमालेका २ सहित ७ जना उम्मेदवारले मनोनयन दर्ता गरेका थिए  । त्यसैगरी नेकपा मालेका जिल्ला अध्यक्ष लोकप्रसाद काफ्लेले पनि जिल्लामा नेकपा माले दल दर्ता नभएपछि स्वतन्त्रबाट उमेदवार दिएका थिए । काफ्लेले राप्रपाका उमेदवार गुणाखर काफ्लेलाई समर्थन गर्दै उमेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी काँग्रेसका बागी उम्मेदवारहरु कमल राज गुरौं, नारायण पन्त, एमालेका बागी उमेदवार नेकपा एमाले नगर कमिटि अध्यक्ष रामकृष्ण ढुंगाना, बालकृष्ण पाण्डेले पनि आफूले नगरप्रमुखमा दिएको उमेदवार फिर्ता लिएका छन् ।

त्यसैगरी उपप्रमुखमा ३ स्वतन्त्र सहित ७ जनाको उम्मेद्वारी परेकोमा नेकपा एसका प्रेमकुमारी गैरे शर्मा, काँग्रेसका बागी उमेदवार गणेशप्रसाद पोख्रेल र स्वतन्त्र उमेदवार सीता देवी सिग्देल पंगेनीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

 

कावासोती अन्तिम नामावली

नगर प्रमुख

विष्णु भुसाल         नेकपा एमाले
महेन्द्र पोख्रेल         नेपाली काँग्रेस
केशवप्रसाद अधिकारी विवेकशिल साझा पार्टी
गुणाखर काफ्ले       राप्रपा
बुद्धिबहादुर सारु      राष्ट्रिय जनमुक्ति पार्टी
गोपाल गुरुङ         मंगोल नेशनल अर्गनाइजेशन
धनबहादुर लामा      सामाजिक एकता पार्टी
अमित विश्वकर्मा     स्वतन्त्र  र माधव प्रसाद लम्साल स्वतन्त्र 

उपप्रमुख
फुलकुमारी थनेत     नेकपा एमाले
पतिराम थनेत        माओवादी केन्द्र
रुनकुमारी महतो      राप्रपा
चन्दा गुरुङ          राष्ट्रिय जनमुक्ति पार्टी

त्यसैगरी कावासोती १ बाट नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उमेदवारले उमेदवारी फिर्ता लिएर काँग्रेसका उमेदवारलाई समर्थन गरेका छन् भने कावासोती १६ मा नेपाली काँग्रेसका वडाध्यक्षका उमेदवार कृष्ण गिरीले उम्मेदवार फिर्ता लिएर माओवादी केन्द्रका आनन्द श्रेष्ठलाई समर्थन दिएका छन् ।

कावासोती १४ मा भने माओवादी केन्द्र र नेपाली काँग्रेस दुवैको दावी यथावत रहेको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology