कावासोतीको नगरप्रमुखमा एमालेबाट १६ जनाको दाबी(नामावली सहित)

NAWALPUR TIMES

कावासोतीको नगरप्रमुखमा एमालेबाट १६ जनाको दाबी(नामावली  सहित)
1649762277225

नवलपुर ।  वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा कावासोती नगरपालिकामा नेकपा एमाले बाट नगरप्रमुखमा वर्तमान नगर उपप्रमुख प्रेमशंकर मर्दनिया सहित १६ जनाले दाबी गरेका छ्न ।

मंगलबार बसेको एमाले कावासोती नगर कमिटिको बिस्तारित बैठकमा  १६ जनाले नगरप्रमुख पदमा दाबी गर्दै नाम दर्ता गराएका नेकपा एमाले कावासोतीले जनाएको छ ।

नगरप्रमुखमा भोजराज दाहाल, विष्णुप्रसाद भुसाल,मिनबहादुर गोले, मदन गिरी, सुर्यप्रसाद पाँण्डे, नारायण प्रसाद तिमिल्सिना, बाबुराम विश्वकर्मा, हुमलाल सुवेदी, चिन्तामणी चौधरी, मोहदत्त अधिकारी, केदारनाथ घिमिरे, डासुराज पोख्रेल, प्रेमशंकर मर्दनिया, नेत्रनारायण थनेत, देविमाया घिमिरे र रामकृष्ण ढुङ्गानाले दाबी पेस गरेका एमाले स्रोतले जनायो ।

त्यसै गरि उपप्रमुख पदमा युक्तप्रसाद गौडेल, सीता खडका, राधा शर्मा, लिला भण्डारी, निर्मला ढुङ्गाना, लक्ष्मीदेवि सापकोटा, जुनईकुमारी महतो, फुलकुमारी थनेत, सीता पंगेनी, विजया गैरे, छविलाल महतो, कोपिला पौडेलले दाबि पेश गरेका हुन ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology