कावासोतीको थाना चोकमा ट्रकले ठक्कर दिदा टिउसन हिडेकी युवती गम्भीर घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १८ गते ९:१०
कावासोतीको थाना चोकमा  ट्रकले ठक्कर दिदा टिउसन हिडेकी  युवती गम्भीर घाईते

नवलपुर । नवलपुरको कावासोतीमा रहेको जिल्ला प्रहरी कार्यालय नजिकै थाना चोकमा ट्रकले ठक्कर दिदा २० वर्षीय युवती गम्भीर घाईते भएकी छिन ।

कावासोतीको थाना चोकमा टिउसन पढन जादै गरेको अवस्थामा देवचुली-७ कि अनिशा अधिकारीलाई बिहान करिब ७:४५ को समयमा लु २ ख ५६७१ नं को ट्रकले ठक्कर दिएको नवलपुर प्रहरी प्रमुख  प्रज्वल मर्हजनले जानकारी दिएका छ्न ।

ट्रकको ठक्करबाट गम्भीर घाइते अधिकारीको कम्मरमा गहिरो चोट लागेको बताईएको छ ।

प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाईते युवतीलाई उपचारको लागि तत्काल कालीगण्डकी अस्पताल पुर्‍याईएको र त्यहा उपचार हुन नसके पछि थप उपचारको लागि भरतपुर पठाईएको छ । ठक्कर दिने ट्रकको चालक र ट्रक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ चैत १८ गते ९:१०
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI