कावासोतीको नीति तथा कार्यक्रम बहुमतले पास, विपक्षी काङग्रेसद्वारा बहिष्कार 

NAWALPUR TIMES

कावासोतीको नीति तथा कार्यक्रम बहुमतले पास, विपक्षी काङग्रेसद्वारा बहिष्कार 
205046785 1209140556202772 1467808704771040956 n

कावासोती । कावासोती नगरपालीकाको नीति तथा कार्यक्रम बहुमतले पारीत भएको छ ।

बहिबार नगर उपप्रमुख प्रेमशंकर मर्दनिया द्वारा नगरसभामा पेश गरिएको नीति तथा कार्यक्रमको विषयमा व्यापक छलफल नगरिएको, कार्यपालिका बैठकमा बजेटको सिलिङ प्रस्तुत नगरि नीति तथा कार्यक्रम ल्याईएको तथा आफुहरुले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै विपक्षी काङग्रेसले बहिष्कार गरे पछि सभा अध्यक्ष समेत रहेका नगरउपप्रमुख प्रेमशंकर मर्दनियाले कावासातीको नीति तथा कार्यक्रम बहुमतले पारीत भएको घोषणा गरेका थिए ।

नगर उपप्रमुख प्रेमशंकर मर्दनियाले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि छलफलको क्रममा बोल्दै नगरसभा सदस्यहरुले लेखा समिति गठन भएर पनि जिम्मेवारी नदिएको, कार्यपालिका बैठकमा बजेटको सिलिङ जानकारी नगराइएको, विपक्षीले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै बहिष्कारको घोषणा गर्दै विपक्षी काङग्रेसबाट निर्वाचित नगरसभा सदस्य बाहिरीएका थिए ।

बिहिबार नीति तथा कार्यक्रम बहुमतले पारीत गरेर सकिएको नगरसभामा असार १७ गते बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology