कालीगण्डकी नदि मात्रै होईन समग्र राष्ट्रको सभ्यता हो, डाईभर्सन कुनै हालतमा अघि बढन दिदैनौं : मुख्य मन्त्री नेपाली

NAWALPUR TIMES

कालीगण्डकी नदि मात्रै होईन समग्र राष्ट्रको सभ्यता हो, डाईभर्सन कुनै हालतमा अघि बढन दिदैनौं : मुख्य मन्त्री नेपाली
1623745932769

सन्जय भट्टराई/नवलपुर -गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी नदि मात्रै नभएर समग्र राष्ट्रको सभ्यता भएको बताउदै डाईभर्सन कुनै हालतमा अघि बढन नदिने बताएका छ्न ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा आयोजनाको कार्यालय उदघाटन  गरेको सार्वजनिक भएलगत्तै गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले त्यसप्रति विमति राख्दै  यस्तो बताएका हुन ।

नवलपुर टाईम्स सँगको कुराकानीमा मुख्य मन्त्री नेपालीले आयोजना कुनै हालतमा अघि बढ्न नदिने बताएका छन् । ‘गण्डकी प्रदेश सरकारसंग समन्वय नै नगरी एकतर्फी ढंगले डाइभर्सन आयोजना अघि बढाएर सरकारले प्रदेश प्रदेशबीच द्वन्द्व निम्त्याउने काम गर्दैछ’ मुख्यमन्त्री पोखरेलले भने, ‘डाइभर्सनको यसअघिको सरकारले पनि विरोध गरेको थियो, अहिलेको सरकार पनि डाइभर्सन कुनै हालतमा अघि बढाउन हुन्न भन्ने पक्षमा छ ।’

मुख्यमन्त्री नेपालीले कालीगण्डकी नदीमात्र नभएर समग्र राष्ट्रकै सभ्यता भएको उल्लेख गर्दै गण्डकी प्रदेशको मुस्ताङबाट सुरु भएर देवघाट हुँदै त्रिवेणीसम्म पुगेको यस नदीले सांस्कृतिक, पर्यावरणीय, आर्थिक, सामाजिक र राजनीतिक महत्व समेत बोकेको बताए ।

उनले गण्डकी प्रदेशसँग कुनै समन्वयनै नगरी आयोजना कार्यालय उद्घाटन भएपछि प्रदेशवासीलाई झस्काएको बताउँदै २०७१ को नीति तथा कार्यक्रममा यस आयोजना समेटिएसँगै गण्डकी र लुम्बिनी क्षेत्रमा विरोध हुँदै आएको समेत स्मरण गराएका छन् ।

कालीगण्डकी तिनाउ डाईभर्सनको यस अघिको पृथ्वीसुब्बा गुरुङ सरकारले पनि चर्को विरोध गरेको थियो ।

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology